Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्माण व्यवसायीले फेरि भने-‘भागेकाे हाेइन,पानी रोकिएपछि बुटवलको सडक पक्की गर्छाैँ’

निर्माण व्यवसायीले फेरि भने-‘भागेकाे हाेइन,पानी रोकिएपछि बुटवलको सडक पक्की गर्छाैँ’

  • 3.5K
    SHARES

  • निर्माण व्यवसायीले फेरि भने-‘भागेकाे हाेइन,पानी रोकिएपछि बुटवलको सडक पक्की गर्छाैँ’

    बुटवल,भदाै ३० ।

    बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक पक्की गर्ने तयारी भइरहेको निर्माण व्यवसायी कम्पनीले जनाएको छ ।

    निर्माण व्यवसायी कम्पनी कञ्चनजंघा विरुवा जेभीले केही सञ्चारमाध्यमहरुमा निर्माण व्यवसायी भागेको भन्ने खबरको खण्डन गर्दै सडक निर्माणको काम निरन्तर जारी रहेको बताएको हो ।

    ‘हामी निर्माणको काम छाडेर कतै गएका छैनौं’-निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सञ्चालक पेम्बा लामाले भने-‘हामीले अहिले निरन्तर काम गरिरहेका छौं, यहाँको उपमहानगरपालिका, सडक डिभिजन कार्यालय, टेलिकम, खानेपानी, विद्युत कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ ।’

    उनले वर्षा नभएको भए निर्धारित समयमै सडक पक्की गर्ने काम शुरु भइसक्ने भएपनि वर्षाका कारण सडक पक्की गर्ने काम रोकिएको बताए ।‘हामीले यसअघिका बैठकहरुमा गरेका सहमतिअनुसार भदौंभित्र मुख्य मुख्य ठाउँमा सडक पक्की गर्ने काम पूरा भएको हुन्थ्यो-उनले भने-त्यसका लागि डेन्सिटी जाँचेर ब्रुमर लगाएर पक्की गर्ने तयारीमा थियौं, तर, एक्कासी पानी पर्‍यो, पानी परेपछि पक्की गर्ने काम रोकिएको छ, पानी रोकिएर घाम लाग्ने वित्तिकै हामीले अस्पताल लाइन, ट्राफिक चोकमा पक्की गर्ने काम शुरु गछौं र अरु ठाउँको काम पनि अघि बढाउँछौं ।’

    उनले यसअघिका बैठकमा जनाएका प्रतिबद्धताअनुसार काम अघि बढाएको र त्यसका लागि बुटवल उपमहानगरपालिका, विद्युत, खानेपानी, टेलिकमसँग समन्वय र सहजीकरण भइरहेको बताए ।यता, निर्माण कम्पनीले जनाएको प्रतिबद्धताअनुसार काम भइरहेको र पानी परेका कारण सडक पक्की गर्ने काम रोकिएको समन्वय तथा सहजीकरण समितिका संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

    letter.jpgउनका अनुसार निर्माण कम्पनीले वर्षाका कारण पक्की गर्ने काम रोकिएको र अन्य काम निरन्तर भइरहेको जानकारी पठाएको छ । ‘निर्माण कम्पनीले यसअघि पक्की गर्नका लागि माग गरेको समयमा अरु काम पूरा भएर पक्की गर्ने तयार अवस्थामा रहँदा पानी पर्‍यो, उनले भने-पानी परेपछि पक्की गर्ने काम अघि बढाउन सकिएन भनेर हामीलाई पत्र आएको छ, पानी रोकिएर पक्की गर्न उपयुक्त हुनेबित्तिकै पक्की गर्ने काम अघि बढ्ने जानकारी प्राप्त भएको छ ।’

    उनले सडक डिभिजन कार्यालय र अन्य सरकारी कार्यालयहरुसँग समन्वय र सहजीकरणको काम भइरहेको र तोकिएअनुसार काम हुने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology