Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको दोस्रो चार्टर नाइट तथा अवार्ड बितरण

लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको दोस्रो चार्टर नाइट तथा अवार्ड बितरण

  • 2.1K
    SHARES

  • लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको दोस्रो चार्टर नाइट तथा अवार्ड बितरण

    बुटवल,असार ३०।

    लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीको दोस्रो चार्टर नाइट तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न भएको छ । बुटवलमा एक समारोहका बिच अवार्ड बितरण भएको हो ।

    लायन्स बर्ष २०२२-२३ का अध्यक्ष अशोक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ पी का  डिस्ट्रिक गर्भनर पिएमजेएफ नवराज न्यौपाने फस्ट भाइस डिस्ट्रिक गर्भनर एमजिएफ अर्जुनमान सैजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग लगायतले बोल्दै क्लवलाइ उर्जाशील बनाएर सामाजिक सेवालाइ अझै ब्यापक बनाउनुपर्ने बताउनुभयो । 

    नवनिर्वाचित अध्यक्ष  क्षेत्रीले आफ्नो कार्यकाल नमुना बनाउने गरि काम गर्ने बताउनुभयो । उहाले सबैको साथ र सहयोगले क्लव अगाडी बढ्ने भन्दै सहकार्यका लागि अनुरोध गर्नुभयो । 

    क्लवका संस्थापक अध्यक्ष पशुपति उपाध्यायले आफ्नो कार्यकालमा सहयोग पुर्याउने क्लवका सहयोगी,अतिथिहरुलाई मायाको चिनोले सम्मान गर्नुभयो । त्यस्तै बेस्ट लेडिज अवार्डबाट हुमा पौडेललाई सम्मान गरिएको छ । त्यस्तै संस्थापक अध्यक्ष पशुपति उपाध्याय र अनिता पाण्डेको पहलमा आफ्ना पितृको स्मरणमा गुल्मीको इश्मामा रहेको भल्म माबिमा २५ हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ ।

    क्लवका प्रथम उपाध्यक्षमा शिभम न्यौपानेको स्वागत तथा सचिब चिरञ्जिबी गैरेको संचालनमा भएको थियो ।lionss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology