काठमाडौं,भदौ ३० ।
तेह्र वर्षीय सजन महर्जन बेपत्ता भएको पाँच दिनबितिसक्दा पनि फेला परेका छैनन् । काठमाडौं महानगरपालिका वडा नं २,
कैलाशचौरमार्ग, लाजिम्पाटबाट भदौ २६ गते आइतवार बिहान करिब ७ बजेको समयमा कसैलाई थाहा नदिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अत्तोपत्तो छैन ।
उनकी आमा कोपीला महर्जनले आफ्नो एकमात्र छोरा हराएको हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी बृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते निवेदन दिएको बताउनुभयो ।
पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतवारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । निज सजनलाई कोही कसैले देख्नु वा भेट्टाउनु भएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरिदिनुहुन निजकी आमा कोपीला ९९८२३६०८९२४० ले अपील गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)