गुल्मी, भदौ ३० ।
राष्ट्रिय वाल दिवसको अवसरमा ‘बाल मैत्री समाजको आधार: जिम्मेबार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ गुल्मीमा विविध कार्यक्रमको आयोजना गरि वाल दिवश मनाईएको छ ।
वाल दिवशको अवशरमा सदरमुकाममा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयले तम्घासमा सडक नाटक प्रर्दशन गरेको थियो ।
सडक नाटकको माध्यमबाट अभिभावकहरुलाई आफ्ना वालवालीकाको शिक्षामा लागानि गर्ने,अशल चालचलन सिकाउने, आफ्ना खराब आनीबानी त्याग्ने, मोवाईलको दुरुपयोग नगर्ने, वच्चावच्चीलाई साथी जस्तो व्यवहार गर्ने र विद्यालयमा विद्यार्थीहरुलाई वालमैत्री वातावरण सृजनागरि साथी सिकाई गर्ने जस्ता महत्वपूर्ण सन्देश प्रवाह गरिएको थियो ।
उक्त सडक नाटकमा पृष्ठभूमि अन्र्तगत ज्याला मजदुरि गर्ने एउटा अशल र सचेत परिवार जसले घरमा असल संस्कार सिकाउछ भने अर्को र्दुव्यसनीमा फसेको र आफ्ना वालवालीकाको शिक्षामा लगानी नगरेको परिवारलाई प्रतिबिम्बित गरिएको थियो ।
‘परिवर्तनका पाईला’ नामक शिर्षक रहेको सडक नाटकमा पहिलो परिवार अन्र्तगत रुकबहादुरको भूमिकामा निरज कुँवर र श्रीमतीमा श्रृष्टी बस्नेत, छोराहरु सुजन सुनार र विपिन विश्वकर्माको अभिनय रहेको थियो भने दोश्रो परिवार अन्र्तगत हरि बहादुरको भूमिकामा विशाल दर्लामी, श्रीमतीमा श्रीया पोख्रेल र छोरीको भूमिकामा जुनु काउँछाले अभिनय गर्नु भएको थियो ।
वालदिवशको अवशरमा जिल्ला वाल संगठन गुल्मीद्वारा ‘बाल मैत्री समाजको आधार: जिम्मेबार परिवार, उत्तरदायी सरकार’ भन्ने शिर्षकमा रेसुंगा नगरपालिका भित्रका विद्यालयहरु बीच खुल्ला कविता प्रतियोता आयोजना गरिएकोे थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)