बुटवल,भदाै २९ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा आत्मशान्ति अनाथ आश्रममा शैक्षिक सामाग्री बितरण गरेको छ ।
तिलोत्तमा ५ मणिग्राममा रहेको आश्रममा रहेका ११ जना बालकहरुलाइ पठनपाठनमा आवश्य पर्ने कापी,कलम,पेन्सील,ज्यामिट्री बक्स,बिस्कुट ,जुस प्रदान गरेको हो ।
समाजका रुपन्देही सभापति कृष्ण भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बिद्यार्थीको शैक्षिक बिकासले भबिश्य उज्वल बन्ने बताउनुभयो । विद्यार्थीहरुलाई वालमैत्री वातावरण सृजनागरि पठनपाठन हुनुपर्ने उहाको भनाइ छ । सो अबसरमा आश्रमका अध्यक्ष मैना भण्डारीले आश्रममा ३० जनासम्मलाई सेवा दिन सकिने बताउनुभयो ,यसका लागि सबैको सहयोग रहनुपर्ने उहाको भनाइ छ ।
कार्यक्रममा समाजका निबर्तमान सभापति डिपि खनाल,रुपन्देही डेरी ब्यबसायी संघका उपाध्यक्ष कृष्णप्रसाद पौडेल,समाजका उपसभापति कपिल ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
त्यस्तैगरि बुटवल स्थित एभेरेृष्ट बोडिङमा रहेको एभरेष्ट साहित्य क्लवले पनि सोही आश्रममा खाद्यान्न तथा शैक्षिक सामाग्री बितरण गरेको शिक्षक कृष्ण चौहान क्षेत्रीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)