बुटवल,भदौ २८ ।
नृत्य निर्देसक संघ नेपाल लुम्बिनी प्रदेशले गरेको लुम्बिनी डान्स आइकनको उपाधि न्यू हाेराइजन इ.बाेका रितिक गिरीले जितेका छन् । प्रतियोगितामा सेन्ट जाेसेफका समिक्षा बारघरे दोश्रो र नाेभेल इन्भारमेन्ट बाे स्कूलका एन्जिला थापा तेर्स्रो भए ।
प्रतियोगितामा बेस्ट कोरियोग्राफर अर्घाखाँची एस डि य ग्रुप ,भ्यूअर्श च्वाइसमा लुम्बिनी वल्ड स्कुलका त्रृष्णा क्षेत्री भइन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिएको हाे ।
नृत्य निर्देसक संघ नेपाल अध्यक्ष भुबन श्रेष्ठ प्रमुख अथिती रहेको फाइनलमा विशिष्ट अथिती लोकनाथ उपाध्याय तथा निर्णायकमा रबि राना , बुद्ध लामा र मोडल अन्जली अधिकारी रहेका थिए ।
प्रदेश अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षातामा भएको फानइल कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए ।बिजेताहरुले नगदसहित बिभिन्न गिफ्टह्याम्पर पाएका छन् ।
‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ नारासहित स्थापना भएको संघमार्फत् नृत्य सिकाउनुका साथै विविध रचनात्मक कार्यक्रम गर्दै आएको संघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए ।
लुम्बिनी डान्स आइकनको कार्यक्रम संयोजक सुन्दर गुरुङ र सहसंयोजक माइकलदेव दर्लामी रहेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)