Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पशुपंक्षि निर्देशनालयको बजेट ६ करोड,प्रतिफलमा आधारित अनुदान दिनुपर्नेमा जोड 

पशुपंक्षि निर्देशनालयको बजेट ६ करोड,प्रतिफलमा आधारित अनुदान दिनुपर्नेमा जोड 

  • 1.1K
    SHARES

  • पशुपंक्षि निर्देशनालयको बजेट ६ करोड,प्रतिफलमा आधारित अनुदान दिनुपर्नेमा जोड 

    बुटवल,भदौ २८।

    लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले चालु आर्थिक बर्ष २०७९–८० को बार्षिक कार्यक्रमा सार्वजनिक गरेको छ ।

    सोमबार निर्देशनालयका  एक कार्यक्रमको आयोजना गरी चालु र पुँजीगत बजेट सार्वजनिक गरिएको छ । निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले चालु आर्थिक बर्षमा  कुल ६ करोड ५९ हजारको बजेट सहितको कार्यक्रम तय गरिएको जानकारी गराएका हुन ।  

    नि.निर्देशक डा. आलमका अनुसार पुँजीगत खर्च तर्फ कार्यालय सञ्चालनका लागि उपकरण खरिद गर्न जम्मा ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    यस्तै चालुगतग खर्च तर्फ विभिन्न अनुदान,  उपकरण सहयोग लगायतका शिर्षकमा ५ करोड ९२ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक  गरिएको जानकारी  गराएका हुन ।

    कार्यक्रममा बोल्दै निमित्त निर्देशक डा. परवेज आलमले दुध  र मासुमा आत्मनिर्भर रहेको  लुम्बिनी प्रदेशले दुध, मासुुमा उपलब्ध गराउदै आएको प्रतिफलमा आधारित अनुदान दुधमा प्रति लिटर २ रुपैयाँ थप र मासुमा २० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

    उनले यो बर्ष देखि अण्डामा समेत अनुदान उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार अण्डामा प्रति अण्डा २५ पैसा रकम  प्रतिफलमा आधारित अनुदान अनुसार किसानलाई उपलब्ध  गराउने कार्यक्रम  तय गरिएको  जानकारी दिएका हुन ।

    कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका निमित्त सचिव तथा  कृषि प्रर्वद्धन महाशाखा प्रमुख अमरराज शर्मा घिमिरेले  अवको कृषि मा सरकार नियन्त्रीत हुनुपर्ने बताएका थिए । कृषिको विकासका लागि  खाद्य सुरक्षा ऐन लागू गरी सोही अनुसार एकिकृत रुपमा विकास गरेर कृषि संरक्षण सहितको मोडेलमा कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।

     उनले भने–‘कृषि सरकारको पुर्णरुपमा संरक्षण मा रहनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ, जसबाट अनुदान भन्दा पनि सेवा प्रदान गर्ने गरी मोडालिटी तयार गर्नुपर्ने छ  ।’ कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ कृषि विकास अधिकृत देवेश कुमार मिश्राले अनुदानको कार्यक्रम भन्दा पनि बढि जोड उत्पादनमा आधारित अनुदान र प्राविधिक सेवा विस्तारको लागि जोड दिनुपर्ने बताए ।  

    भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. दिपक भुषालले प्राविधिक सेवा विस्तारमा सरकारी लगानी हुनुपर्ने बताए । उनले जनशक्ति अभावको कारण सेवा प्रवाह प्रभावित  भएको भन्दै सोही अनुसारको  सेवा प्रवाहमा सरकारको लगानी हुनुपर्ने, स्थानीय तहको विचमा संमन्वय र सहकार्य जरुरी रहेको समेत बताएका थिए ।

    यस्तै कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, पशुपालक किसान यज्ञमुर्ती खनाल, केशव खनाललगायतले बोल्दै किसानको समस्या समाधानको लागि सरकारी निकायबाट ठोस पहल नभएको बताएका थिए ।  कार्यक्रम अधिकृत एैश्वर्या आचार्यको सञ्चालन तथा मत्स्य विकास अधिकृत रिम बहादुर शारुको सञ्चालनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology