Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

लायन्स क्लव अफ बुटवल फ्लोरेन्सद्वारा तिलोत्तमा ३ मा स्वास्थ्य शिबिर

लायन्स क्लव अफ बुटवल फ्लोरेन्सद्वारा तिलोत्तमा ३ मा स्वास्थ्य शिबिर

  • 2.7K
    SHARES

  • लायन्स क्लव अफ बुटवल फ्लोरेन्सद्वारा तिलोत्तमा ३ मा स्वास्थ्य शिबिर

    बुटवल,भदाै २६ ।

    लायन्स क्लव अफ बुटवल फ्लोरेन्सले रुपन्देहीको तिलोत्तमा ३ सीमानगरमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको क्लवका अध्यक्ष सुनिता पाण्डेले बताउनुभयो।

    लायन्सले सो क्षेत्रमा बिगत १ बर्षदेखि निरन्तर लायन्स सर्भिस प्रोजेक्ट गरिरहेको हो । सो अवसरमा बोल्दै लायन्स क्लव ३२५ पीका फस्ट भाइस ड्रिस्ट्रिक गभर्नर अर्जुनमान सैँजूले सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुसी व्यक्त गर्नुभयो  ।

    लायन्स क्लव ३२५ पीका सेकेण्ड भाइस ड्रिस्ट्रिक गभर्नर पुरुषोतम भक्त प्रधानांग,एरिया ३ का चिफ एमएल पाण्डे, रिजन चियस पर्सन मिना भारी, जोन चियस पर्सन गंगा श्रेष्ठ लगायतले बोलेका थिए । सो शिबिरमा डा बिजय केसी, किरण सुबेदी ,सन्तोषी थपलियाले बिरामीको चेकजाँच र औषधि बितरण गरेका थिए ।

    कार्यक्रम सचिब गिता न्यौपानेको संचालन र प्रथम उपाध्यक्ष शान्ता भण्डारीको संयोजनमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology