Logo बिहिवार, आश्विन १ गते २०८३
images

चौथो स्थापना दिवसका अवसरमा रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सम्मान

चौथो स्थापना दिवसका अवसरमा रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सम्मान

  • 1.5K
    SHARES

  • चौथो स्थापना दिवसका अवसरमा रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सम्मान

    बुटवल,भदाै २६ ।

    रोटरी क्लव अफ बुटवल चौतारीले आफ्नो चौथो स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्लवले संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई सम्मान गरेको हो ।

    क्लवका अध्यक्ष सन्तोष केसीको अध्यक्षता, क्वलका सल्लाहकार राजेन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णु घिमिरे, पुर्व अध्यक्ष थानेश्वर पाण्डे, सुरज क्षत्री लाई सम्मान गरिएको क्लवका अध्यक्ष सन्तोष केसीले बताए ।

    सो अवसरमा बोल्दै सल्लाहकार ढकालले सामाजिक उत्तरदायित्व बहन गर्ने क्लवले आफ्ना संस्थापक र पुर्व अध्यक्षलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे । पुर्व अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक थानेश्वर पाण्डेले अब क्लवले आफ्नै भवन बनाउन लागेको भन्दै यसमा सवैको सहयोग जरुरी रहेको बताए ।

    उनले भवन निर्माण पछि क्लवले सामाजिक कार्यमा अझ फड्को मार्ने समेत बताए । कार्यक्रम बिनोद खातीको धन्यवाद तथा उमापती भुसालको स्वागत र सचीव सुदिप थापा को सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology