Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको अध्यक्षमा डम्बर,महासचिव श्रेष्ठ

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको अध्यक्षमा डम्बर,महासचिव श्रेष्ठ

  • 2.1K
    SHARES

  • नेपाल नगरपालिका कर्मचारी एशोसियसनको अध्यक्षमा डम्बर,महासचिव श्रेष्ठ

    नेपाल नगरपालिका कर्मचारी एशोसियसनको अध्यक्षमा डम्बर रोगु चयन भएका छन् ।

    “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको भदौ २३ र २४ गते काठमाडौमा सम्पन्न महाधिवेशनले रोगुलाई अध्यक्षमा चयन गरेको हो ।

    अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल तथा महासचिव सितु प्रसाद श्रेष्ठ निर्वाचित भए । संगठनको कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सह कोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित भएका छन् ।

    १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मधेस प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएका छन् ।

    यसै गरी केन्द्रिय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षत्री, ज्ञानप्रसाद अर्याल’, ठगिश्वर पोखरेल। मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना,सञ्जिवकुमार सिंह, भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ नवनियुक्त अध्यक्ष डम्बर रोगुले अफ्ना प्रतिवद्धता राख्दै एशोसिएसनलाई संस्थागत गर्दै पालिकास्तरमा विस्तार गर्ने र कर्मचारीहरुको बृत्ति विकास र सेवाको सुरक्षाको लागि साझा पहल गरिनेछ । गठित कार्य समितिका सवै पदाधिकारीहरुको सामुहिक उत्तरदायित्व र जिम्मेवारी सम्पादनको प्रणालीबाट संस्थाको नियमित गतिविधि सञ्चालन गर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology