Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिम्रिक युथ क्लवको अध्यक्षमा सोम थापा

सिम्रिक युथ क्लवको अध्यक्षमा सोम थापा

  • 975
    SHARES

  • सिम्रिक युथ क्लवको अध्यक्षमा सोम थापा

    बुटवल,भदौ २६ ।

     सिम्रिक युथ क्लबको प्रथम साधारण सभा तथा अधिवेसनले सोम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय सर्वसम्मत नया समिति चयन भएको हो ।

    शनिबार बसेको क्लबको अधिवेसनबाट उपाध्यक्षमा नर बहादुर श्रीष, सचिव भरत बहादुर राना, सहसचिव विकास गुरुङ, कोषध्यक्ष राम बहादुर थापा, तथा सदस्यहरुमा महेश्वर शर्मा, डम्बर बहादुर राना (विकास) चयन भएको निर्वाचन अधिकृत उद्यवचंद्र गौतमले जानकारी दिए ।

    एक समारोहका बिच अध्यक्ष मदन शेरचनले नवनिवाचित अध्यक्ष सोम बहादुर थापालाई माइन्युड हस्तान्तरण गर्दै थप योजनासहित अघि बढ्न सुझाव दिए । उमेर समुहको खेलाडी उत्पादनमा अखिल नेपाल प्रशिक्षक संघका उपाध्यक्ष याम बहादुर गुरुङको सहयोगमा चलाएको उनले बताए ।

    क्लबका नवनिर्वाचित सचिव भरत बहादुर रानाले क्लबको क्रियाशिलता बढाउदै नव प्रतिभावान खेलाडीहरुलाई प्लटफर्म दिने योजना रहेको बताए । क्लबले यसअघि जिल्लामा संचालन भएको झरना रनिङ कप, कोकाकोला कप, जिल्ला लिग लगायत चुमेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology