Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

१ करोढ २६ लाख ९४ हजार बराबरको अवैध सामान बरामद

१ करोढ २६ लाख ९४ हजार बराबरको अवैध सामान बरामद

  • 939
    SHARES

  • १ करोढ २६ लाख ९४ हजार बराबरको अवैध सामान बरामद

    बुटवल, भदौ २५ ।

    रुपन्देही प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोढ २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ । भन्सार छली ल्याइएको ति बस्तुहरु जिल्लाको विभिन्न क्षेत्रमबाट बरामद भएको हाे ।

    सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले रुपन्देही पश्चिमी क्षेत्र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ मसिना हुलाकी मार्गबाट ना ४ ख ना ४ ख ४१२९ नम्बरको ट्रक संका लागेपछि चेकजाँच गर्ने क्रममा अवैध ६ सय ३८ बोरा चिनी बरामद गरिएको हो । सामान सहित ट्रकका चालक प्यूठान माण्डबी गाउँपालिका–३, नयाँगाउँ का २४ वर्षीय विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ ।

    यस्तै, सशस्त्र प्रहरी नायव उपरीक्षक सिग्देलको कमाण्डमा खटिएको टोलीले जिल्लाको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा पूर्वबाट भैरहवातर्फ आउँदै गरेको ना ३ ख ६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद गरेको छ । सशस्त्रको टोली त्यहाँ पुग्दा चालकले ट्रक रोकेर फरार भएपछि नियन्त्रणमा लिएको थियो । बरामद चिनी र चामल सहित दुई वटा ट्रक एक करोड अठ्तीस हजार पाँच सय मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बलका प्रहरी  नायव उपरीक्षक सुरज पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    लुम्बिनीबाट नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल र चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको सूचना अधिकारी सिग्देलले बताए । ‘विशेष सूचनाका आधारमा ठूलो परिणाममा सामान बरामद गर्न सफल भएको भएको हो ।

    यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न स्थानबाट २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिकअप र मोटरसाइकलसहितको सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बुटवल उप–महानगरपालिका वडा नं १७ रानिगञ्ज जनशक्ति टोलस्थित नारायणी न्यौपानेको घरबाट अवैध रुपमा भन्सार छलिका चिनी स्टक गरेको अवस्थामा लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा सहित १८६ बोरा चिनी गरी १५ लाख ९७ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

    यसै गरी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ गते बजे बुटवल उप–महानगरपालिका वडा नं ७ दिपनगरस्थित भारतबाट अवैध रुपमा भन्सार छलि कपडाहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा कपडा बरामद गरेको छ ।

    स्थान बस्ने ५५ वर्षीय प्रेमनाथ अर्यालको घरबाट कुर्था सुरूवाल १६० थान, साडी ७२ थान, लुङ्गी २५ थान, थानको कपडा १० रोल गरी कुल मूल्य २ लाख २७ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरिएको हो । बरामद मानिस र कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय भैरहवा पठाइएको छ ।

    यसैगरी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार तिलोत्तमा नगरपालिका वडा न ८ प्रदिपनगर स्थित अवैध रुपमा भन्सार छलि चिनी ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलसहित नियन्त्रणमा लिएको डिएसपी ठगबहादुर केसीले बताए ।

    गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोली रुपन्देही रोहिनी गापा वडा नं२ बस्ने २९ वर्षीय प्रवेश यादवले चलाएको लु ४ प २११८ नं को माटरसाइकल, सोही ठाए बस्ने वर्ष २१ को रामबचन सहानीले चलाएको लु ५ प ६५३ नं को मोटरसाइकल , सोही ठाउँ वडा नं ७ बस्ने वर्ष १९ को सुनिल लोधले चलाएको भारतीय नं को मोटरसाइकल र देवदह ८ बस्ने वर्ष २५ को ईश्वरी हिताङहले चलाएको लु ४६ प ६८०१ मोटरसाइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा १२ बोरा चिनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उनीहरुले स्टक गरी राखेको अवस्थामा सोही स्थानबाटै थप १७ बोरा चिनी, २९ बोरा चिनी र मोटरसाइकल गरी अन्दाजी ८ लाख ३० हजार ७ सय ५० मूल्य बराबरको सामान बरामद गरी मानिससहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology