बुटवल, भदौ २५ ।
इन्टेलेक्चुअल एकेडेमीले बालक्लब र रेडक्रस सर्कल गठन गर्ने क्रममा नमुना निर्वाचनको माध्यमद्वारा पदाधिकारी निर्वाचीत गरेको छ।
कक्षा ५ देखी १० सम्मका बिद्यार्थीहरु सहभागी रहेको निर्वाचनबाट बालक्लबको अध्यक्षमा कक्षा ९ की छात्रा नेहा भारी निर्वाचीत भएकी छन् ।क्लवाको अध्यक्षमा ४ जना बिद्यार्थी उमेद्वार थिए भने उपाध्यक्षमा कक्षा ७ का छात्र दिवस भण्डारी विजयी भएका छन्। उपाध्यक्षमा २ जना उमेद्वार थिए । क्लबको सचिवमा कक्षा ५ की छात्रा अप्सु लम्साल विजयी भएकी छन्। सचिवमा पनि ४ जना उमेद्वार थिए।
त्यसैगरी रेडक्रस सर्कलको अध्यक्षमा कक्षा ९ की छात्रा अरिना महत निर्वाचीत भएकी छन्। अध्यक्षमा २ जना उमेद्वार थिए भने उपाध्यक्षमा कक्षा ८ का छात्र सुजल पौडेल विजयी भएका छन्। उपाध्यक्षमा ४ जना उमेद्वार थिए। त्यस्तै रेडक्रस सर्कलको सचिबमा भने कक्षा ९ की छात्रा एन्जिला श्रेस्ठ र कक्षा ८ का छात्र शूभसक्षम पालुङ्गेले बराबर मत ल्याएकाले दुवै जनाले पालैपालो काम गर्ने गरि निर्वाचीत भएको घोषणा गरिएको छ ।
अन्य पद भने पछि छनौट गरिने छ। निर्वाचित पदाधिकारीहरुलाई स्कूलका प्रबन्ध निर्देशक रामराज पोख्रेलले टिका र खादाले सम्मान गर्नु भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)