Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेगा बैंकको बित्तीय साक्षरता

मेगा बैंकको बित्तीय साक्षरता

  • 1.6K
    SHARES

  • मेगा बैंकको बित्तीय साक्षरता

    बुटवल,भदाै २४ ।

    मेगा बैंक नेपाल लिमिटेड बुटवलले  दिपनगर स्थित  सिद्धेश्वरी लालकुमारी  उच्च माध्यमिक  बिद्यालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको छ । बिद्यालयको  कक्षा ११ र १२ मा अध्ययनरत ब्यबस्थापन संकायका बिद्यार्थीहरुलाई बित्तीय साक्षरता प्रदान गरिएको हो ।

    मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले विद्यार्थीहरुलाई नेपालमा रहेका बैंक तथा बित्तीय सस्थाको प्रकार , बैंकहरुले प्रदान गर्ने सेवा सुबिधा , बैंकमा हुने खाताका प्रकार  , बचतको महत्त्व , चेकको प्रयोग ,  सेयर बजार लगायतका बिसय बस्तुमा जानकारी दिनुभएको थियो भने  मेगा बैंक बुटवल शाखाका प्रबन्धक अमृत थापाले प्राथमिक सेयर बजारमा लगानी गर्ने  विधि र  प्रक्रियाको  बारेमा समेत जानकारी दिनुभएको थियो भने सानै देखि बचत गर्ने र बित्तीय जानकारी राख्ने बानी बसाले भबिस्यमा बित्तिय अवस्था सहज हुने बताउनु भयो । 

    सो कार्यक्रममा क्याम्पसकी शिक्षिका सुशिला ज्ञवाली , मेगा बैंकको तर्फबाट  सरोज भण्डारी , केशव खनाल , अशेस पौडेल , सरिता उपाध्याय  लगायतले आ आफ्ना भनाइहरु राख्नु भएको थियो भने  कार्यक्रम पश्चात सोधिएका प्रश्नहरुको सहि जवाफ दिने बिद्यार्थीहरुलाइ पुरस्कार समेत वितरण गरिएको थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology