Logo बिहिवार, आश्विन १ गते २०८३
images

बर्दिया १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस युवा नेता यमनाथ घिमिरे सिफारिस

बर्दिया १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस युवा नेता यमनाथ घिमिरे सिफारिस

  • 2.6K
    SHARES

  • बर्दिया १ बाट प्रतिनिधि सभा सदस्यमा  कांग्रेस युवा नेता यमनाथ घिमिरे सिफारिस

    बुटवल,भदाै २४ ।

    नेपाली कांग्रेसले बर्दिया १ बाट प्रतिनिधि सभा सदस्यमा युवा नेता यमनाथ घिमिरेलाई सिफारिस गरेको छ । घिमिरे सहित बर्दिया १ का सांसद एवम् केन्द्रीय सदस्य सञ्जय गौतम, पूर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा सहित ८ जनाको नाम सिफारिस भएको हाे ।

    विगत ३३ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय एवम् रचनात्मक भूमिका निर्वाह गर्दै आएका युवा नेता घिमिरेलाई प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेपछि युवापुस्ता हाैसिएका छन् ।

     कांग्रेसले आफूलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवारमा निर्वाचन जितेमा बर्दिया लगायत मुलुकभर जनताले चाहेको लोकतन्त्र, आर्थिक विकास, रोजगारी, समृद्धि, सुशासन र स्थानीय मीडिया उत्थान हुने दीर्घकालीन योजना, नीति, बजेट बनाउन र कार्यान्वयन गर्न गराउन निरन्तर लागि पर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    घिमिरेले प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा सिफारिस गर्ने बर्दिया १, जिल्ला कार्यसमिति, लुम्बिनी प्रदेश कार्य समितिप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

    को हुन् यमनाथ घिमिरे ?

    राष्ट्रियता, लोकतन्त्र, समाजवाद, समृद्धि, सुशासन, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता प्रेस जगतको दिगो विकास प्रति विगत ३३ वर्षदेखि निरन्तर क्रियाशील एवम् प्रतिबद्ध रहेका घिमिरेको जन्म २०३६सालमा बर्दियामा भएको हो । उनले राजनीतिक जीवन २०४६ मा नेविसंघ सदस्य, जनआन्दोलनमा सहभागी भएर २०४८ सालको आम निर्वाचनमा माइकिङ, प्रचार प्रसारमा सहभागी भई २०४९ मा नेपाल विद्यार्थी संघ मा वि इकाई अध्यक्ष हुँदै स्थानीय निर्वाचनको प्रचारक, राजापुर गाविस अध्यक्षमा विनोद ध्वज चन्द र रामशंकर थारूलाई जिताउन उल्लेखनीय योगदान गरेका थिए ।

    २०५४ नेबि संघ उच्च मावि इकाइको अध्यक्ष भई स्थानीय निर्वाचनको प्रचारक र २०५६ मा नेबिसंघ जिल्ला सदस्य आम निर्वाचनको प्रचारक, बर्दिया ३ बाट प्रतिनिधिसभा सदस्यमा खेमराज भट्टलाई जिताउन सफल भएका थिए ।

    यस्तै २०५७ मा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सदस्य निर्वाचित भई प्रवक्ता नियुक्त भएका थिए । २०५८ देखि २०६१ सम्म प्रतिगमन विरुद्धका आन्दोलनमा तत्कालीन पार्टी सभापती स्वर्गीय गिरिजा प्रसाद कोइराला, तत्कालिन महामन्त्री सुशील कोइराला, ने बि संघ अध्यक्ष गुरु घिमिरे, उपाध्यक्ष महेन्द्र शर्मा सहित देश दौडाहा र २०६२र६३ जन आन्दोलन २ मा सहभागी एवम् घाइते एवम् थुनामा समेत परेका थिए ।

    २०६४ को आम निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख मीडिया प्रचारक, २०६४ देखि २०७४ सम्म नेपाल प्रेस युनियन बर्दियाको उपाध्यक्ष , नेपाल पत्रकार महासंघको उपाध्यक्ष, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख प्रचारक, संविधान निर्माण प्रक्रियामा योगदान गर्नुका साथै २०७४ को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस बर्दिया १ मा प्रमुख प्रचारक, संघीय सासदमा सञ्जय गौतमलाई जिताउन सफल लागि परेका घिमिरे स्थानीय निर्वाचन २०७४ नेपाली कांग्रेसको प्रमुख प्रचारक, मुक्तिनाथ यादवलाई गुलरिया नगरप्रमुख, सुशीला गिरीलाई उप प्रमुखमा जिताउन सफल उनी २०७४ देखि हालसम्म नेपाली कांग्रेसको प्रमुख प्रचारको भूमिका निभाई २०७८ को चौधौं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित, अधिवेशनको प्रमुख प्रचारक, केन्द्रीय सभापतिमा शेर बहादुर देउवा, लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुन, जिल्ला सभापतिमा अरुण राठौर, प्रदेश सभापतिमा बिरु चौधरी, नगर सभापतिमा इन्द्र कुमार यादव, वडा सभापतिमा बच्चा यादव, रहिस अहमद मनीहारलाई जिताउन सफल भएका थिए ।

    २०७८ को स्थानीय निर्वाचनमा प्रमुख प्रचारक भई सक्रियतापूर्वक लागि गुलरिया, गेरुवा, ठाकुरबाबा, मधुवन, बार बर्दियामा नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकार निर्माण गर्न गराउन सफल भएको घिमिरेले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology