Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ३ जना सिफारिस

गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ३ जना सिफारिस

  • 2.2K
    SHARES

  • गुल्मी १ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ३ जना सिफारिस

    बुटवल,भदाै २४ ।

    नेकपा माओवादी केन्द्र गुल्मी – १ ले आगामी निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागी नौ जना उम्मेदवार सिफारिस गरेको छ ।

    आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

    जिसीका अनुसार प्रतिनिधि सभा सदस्यको लागि अध्यक्ष प्रचण्ड सहित पोलिटि ब्यूरो सदस्य लक्ष्मण पन्त, प्रदेश कमिटी सदस्य पुनराम ज्ञवाली सिफारिसमा परेका छन ।

    त्यस्तै प्रदेश क बाट लुम्बिनी प्रदेशका अध्यक्ष शुदर्शन बराल,केन्द्रिय सदस्य श्रृजना तरामु मगर र कालीगण्डकी गाउँ कमिटिका अध्यक्ष लिल बहादुर केसि सिफारिसमा पर्दा प्रदेश खबाट जिल्ला सचीव अशोक थापा, प्रदेश ख का रामचन्द्र कडेंल र वाईसीएल गुल्मीका अशोक श्रेष्ठ सिफारिसमा परेको नेकपा माओवादी केन्द्र गुल्मीले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology