Logo बिहिवार, आश्विन १ गते २०८३
images

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

  • 1.3K
    SHARES

  • कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

    काठमाडौं, भदौ २३ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ क्यान सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ। 

    उहाँले एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो। 

    लामिछाने हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इण्डिज पुग्नुभएको छ । क्यानसँगको फोन वार्तामा लामिछानेले आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिनुभयो। 

    उहाँले क्रिकेटर लामिछाने प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको मल्लको भनाइ छ। फोन वार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारमा प्रोफाइलिस्ट लय खोजिदिन आग्रह गरेको बताउनुभयो।

    उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्नुभयो ।आईसीसीलाई यस बारेमा जानकारी गराएको र आईसीसी गम्भीर रहेको उहाँको भनाइ छ। उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्ती करणी गरेको बारेमा क्यानसँग अहिलेसम्म कुनै सहयोग  नमागेकोसमेत बताउनुभएको छ । गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने उहाँको भनाइ छ ।

    क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेसँग बुधबार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेको क्यानले जनाएको छ । एक १७ वर्षीया किशोरीले आफूलाई क्रिकेटरले जबरजस्ती करणी गरेको भन्दै मङ्गलबार बलात्कारको उजुरी दर्ता गरेकी छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology