Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही डान्स स्टार ३ : ३५० जनाबाट छानिए टप १५,फाइनल असोज १ गते

रुपन्देही डान्स स्टार ३ : ३५० जनाबाट छानिए टप १५,फाइनल असोज १ गते

  • 1.9K
    SHARES

  • रुपन्देही डान्स स्टार ३ : ३५० जनाबाट छानिए टप १५,फाइनल असोज १ गते

    बुटवल,भदाै २१ ।

    छमछमी कला केन्द्र बुटवलको आयोजनमा भदौ ४ बाट सुरु भएको रुपन्देही डान्स स्टार सिजन ३को फाइनल असोज १ गते हुने भएको छ।

    रुपन्देही र कपिलवस्तुका विभिन्न क्षेत्रबाट सहभागी रहेको कार्यक्रम असोज १ गते हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो।बुटवलका विभिन्न स्थानमा भएको अडिसनमा ३५० सहभागी बाट  टप १५ छानिएको छमछमी डान्स केन्द्रका अध्यक्ष किशोर थापाले जानकारी दिए।

    लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा १२ बजे सुरु हुने कार्यक्रममा राष्ट्रिय गायक हेमन्त शर्माको प्रस्तुति समेत रहने उनले जानकारी दिए। फाइनलमा ७० प्रतिशत निर्णायकको निर्णय र ३० प्रतिशत (बढिमा ५ हजार बराबरको) भोटिङको माध्यमबाट नतिजा निकालिने जानकारी दिए।

    फाइनलको निर्णायकमा कलाकारहरू नारायण थापा, अनु रजक र गीता थापा घिमिरे रहने उनले बताए।

    एकल, जोडी र सामूहिक गरी ३ विद्यामा हुने प्रतियोगितामा विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने पूर्व निर्णय भएको बताउँदै उनले यसमा पुरस्कार थपिएको बताए। थपिएको पुरस्कार प्रथम र द्वितीयलाई बुटवलको गार्गी एकेडेमीले कक्षा ११ र १२ निःशुल्क अध्यापन गराउने तथा फाइनलमा पुगेका १५ जनालाई क्यानन मावि बुटवलले कक्षा १२ सम्म ५० प्रतिशत छुटमा अध्यापन गर्ने सम्झौता भएको बताए। 

    कार्यक्रमबाट बचेको रकम ब्लड क्यान्सर पीडित कलाकार  अमरदिप बिसिलाई र मानव सेवा आश्रममा आर्थिक सहयोग गरिने बताए। प्रतियोगिताको टप १५ मा दिग्गज ग्रुप, आकाश श्रेष्ठ , लिजा मगर, दिया पाण्डे , ईषु र  रिदिमाको टिम, रिया राना, अपेक्षा चापागाईं, दृस्टी ढकाल, सिसम थापा, बर्षा चौधरी ,ईम्सरा गाहा,नेश्मा गुरुङ,अश्विना ज्ञवाली, निसा थापा र एजिल पौडेल रहेक छन।

    फाइनलमा  प्रवेश शुल्क प्रतिव्यक्ति २ सय तोकिएको छ।प्रतियोगिताको पहिलो सिजन विजेता मिमिक पुन हुन भने दोस्रो सिजनको विजेता अन्किता थापा हुन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology