Logo बिहिवार, आश्विन १ गते २०८३
images

राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज,गाई निर्वाचन चिन्ह नपाउने

राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज,गाई निर्वाचन चिन्ह नपाउने

  • 1.4K
    SHARES

  • राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज,गाई निर्वाचन चिन्ह नपाउने

    बुटवल,भदाै २१ ।

    गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ ।

    सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन आयोगले गरेको निर्णय यथावत रहने भएको छ ।

    राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । आयोगको निर्णय विरुद्ध राप्रपा नेपाल सर्वोच्च अदालत गएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology