Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही-२ मा माओवादी केन्द्रबाट विनोद पहाडी सिफारिस

रुपन्देही-२ मा माओवादी केन्द्रबाट विनोद पहाडी सिफारिस

  • 1.9K
    SHARES

  • रुपन्देही-२ मा माओवादी केन्द्रबाट विनोद पहाडी सिफारिस

    बुटवल,भदौ २१ ।

    रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा (माओवादी केन्द्र)ले विनोद पहाडीलाई सिफारिस गरकेो छ ।

    क्षेत्रीय कमिटीको बैठकले पहाडीलाई सर्वसम्मतरुपमा सिफारिस गर्ने निर्णय गरेको हो । पहाडी संविधान सभा सदस्य एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष र राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन् ।

    यस्तै त्यसैगरि प्रदेश सभातर्फ २ (क) मा पुष्पराज ढकाल, मनोज राना,हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको छ ।

    २ (ख) मा वामदेव क्षेत्री र नारायण जिसीलाई सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटी सचिव विष्णु ढकालले  नागरिक अनलाइनलाइ जानकारी दिए ।

    रुपन्देही २ मा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाँण, युवराज गिरी, चुन्नप्रसाद पौडेलसहित चारजना सिफारिस गरेको छ भने नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई एकल सिफारिस गरेको छ ।

    नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सर्वसम्मत सिफारिस गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology