Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अमेरिकामा जारी मतगणना : राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीत नजिक,३३ लाख भोटले अगाडी

अमेरिकामा जारी मतगणना : राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीत नजिक,३३ लाख भोटले अगाडी

  • 6.7K
    SHARES

  • अमेरिकामा जारी मतगणना :  राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीत नजिक,३३ लाख भोटले अगाडी

    बुटवल,कार्तिक २०-

    अमेरिकामा जारी मतगणनामा राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीतको नजिकै पुगेका छन् । राष्ट्रपतिको निर्वाचनको मतगणना चलिरहँदा फक्स न्यूजको पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल सिट जितेका छन् । राष्ट्रपति ट्रम्पले २१४ सिट जितेका छन् ।

    बाइडेनलाई अब राष्ट्रपति बन्न केवल ६ इलेक्टोरल सिट सिट चाहिन्छ । कूल ५३८ इलेक्टोरल सिट भएको अमेरिकामा २७० सिटले बहुमत पुग्छ । ४ सय ७८ इलेक्टोरल सिटको नतिजा आइसकेको छ र ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ ।

    बाइडेनको लोकप्रिय ७ करोड १५ लाखभन्दा माथि पुगिसकेको छ । ट्रम्पको लोकप्रिय मत भने ६ करोड ८२ लाखभन्दा बढी भएको छ । बाइडेन लोकप्रिय मतमा पनि ट्रम्पभन्दा झण्डै ३३ लाख मतले अगाडि छन् ।joe-biden- us president 2020.jpg

    अब २० इलेक्टोरल सिट भएको पेन्सलभेनिया, १५ इलेक्टोरल सिट भएको नर्थ क्यारोलिना, १६ इलेक्टोरल सिट भएको जर्जिया, ६ इलेक्टोरल सिट भएको नेवादा र ३ इलेक्टोरल सिट भएको अलास्का गरी कूल ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ । यीमध्ये नेवादामा मात्र बाइडेन अगाडि छन् । बाँकी सबै राज्यमा ट्रम्प अगाडि छन् ।

    यद्यपि बाइडेनलाई चुनाव जित्न अहिले अग्रता लिइरहेको नेवादाको ६ सिट मात्र जिते पुग्छ किनकि उनको २६४ इलेक्टोरल सिट पुगिसकेको छ र यो ६ सिटले उनको २७० सिट अर्थात बहुमत पुग्नेछ । ट्रम्पले अहिले अग्रता लिइरहेका सबै राज्यमा जितेमा उनको कूल ५४ सिट थपिनेछ । यस्तोमा उनको २६८ सिट मात्र हुनेछ ।

    राष्ट्रपति बन्नका लागि बाइडेनलाई रोक्न ट्रम्पसँग नेवादामा बाइडेनको अग्रता रोक्ने विकल्प छैन । नेपादाको ६ सिटमा बाइडेनलाई कुनै हालतमा रोक्न नसके उनको बहुमत पुग्नेछ । अर्कोतर्फ ट्रम्पले बाँकी राज्यको मतगणना तत्काल रोक्न माग गर्दै अदालतमा मुद्दा हालेका छन् । उनले चुनावमा धाँधली भएको दावी गरेका छन् ।trump.jpg

    यी खबरहरू पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology