Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

  • 1.9K
    SHARES

  • सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

    सिन्धुपाल्चोक,भदाै १६ ।

    सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन्। 

    मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। उनकी आमा र बहिनी भने सकुशल रहेका छन्। 

    खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन्। मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई बर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology