बुटवल,भदाै १५ ।
बुटवल १३ बेलवासमा सवारी दुर्घटनाहुँदा बाबुछाेराको मृत्यु भएको छ ।
अपरान्ह ३ः३० बजे भएको दुर्घटनामा परि बुटवल १३ बेलवास बस्ने बर्ष अन्दाजी वर्ष ४५ का सोनु भट्टराई र उनका ५-६ वर्षिय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुर्बबाट पश्चिमतर्फजाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर गुडिरहेको ट्याङकर मुनी पर्न जाँदा बाबु-छोराको मृत्यु भएको हो ।
लु ४१ प ४१६८ नम्बरको मोटरसाईकल पश्चिमबाट पुर्बतर्फ जादै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी गएको हो ।
मोटरसाइकलको पछाडी सवार १५ वर्षिय आयुष आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षिय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)