Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाज रुपन्देहीद्वारा दलित बस्तीमा तीजमिलन,१ सय जनालाई सामुहिक दर

शान्ति समाज रुपन्देहीद्वारा दलित बस्तीमा तीजमिलन,१ सय जनालाई सामुहिक दर

  • 1.4K
    SHARES

  • शान्ति समाज रुपन्देहीद्वारा दलित बस्तीमा तीजमिलन,१ सय जनालाई सामुहिक दर

    बुटवल,भदौ १३  ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले जिल्लाको  एक दलित बस्तीमा पुगेर स्थानीयलाइ दर खुवाएको छ ।

    समाजको नयां नेतृत्वको पहिलो कार्यक्रम अन्तर्गत तीजको अवसरमा दलित ,बिपन्न समुदायको बसोबास रहेको सैनामैना नगरपालिका वडा न ७ स्मृतिटोलमा तीजमिलन तथा दरखाने कार्यक्रम गरिएको समाजका रुपन्देही सभापति कृष्ण भट्टराइले बताउनुभयो ।
    सो गांउका करिब १ सय जनलाई तीजको दर खुवाइएको हो भने स्थानीयले पञ्चेबाजा सहित दिनभर नाचगान गरेर खुसी साटासाट गरे ।
    सो अबसरमा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमख फणिन्द्रप्रसाद शर्माले हुदा खाने र हुने खानेबिचको खाडल पुरेर चाडपर्वहरु सबैका साझा बनाउनुपर्ने बताउनुभयो ।उहांले समाजमा पर्वको नाममा बिकृती देखापरेको भन्दै त्यसलाइ रोक्नुपर्नेमा जोड दिनुभयो ।

    teej dar.jpgमानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले तीजलाइ संस्कृती र परम्परासंग जोडेर जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाले मौलिकताको खोजी गर्नुपर्ने बताउनुभयो ।

    समाजका जिल्ला उपसभापति कपिल ज्ञवालीले संस्कृतीको खोजीका लागि पुराना पुस्ताले नयांपुस्तालाइ संगै हिडाउनुपर्ने बताउनुभयो । सो अबसरमा स्थानीयबासी सुरेश परियारले सैनामैनाको बिपन्न परिवार रहेको बस्तीमा शान्ति समाजले तीज मिलन गरेकोमा स्थानीय खुसी भएको धारणा राख्नुभयो ।

    कार्यक्रममा घरमै रहेका र माइत आएका चेलीबेटी तथा स्थानीयले दिनभर दरखांदै नाचगांन गरेर रमाइलो गरेका थिए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology