बुटवल,भदौ १२ ।
गतसाता बुटवलमा बिजुलीको हाइटेन्सनलाईन (एचटि लाईन) ले हानेर घाइते भएकी किशोरीको उपचारमा आर्थिक अभाव भएको छ ।
बुटवल ८ घरभइ चाँदबारी चन्द्रपथ बस्ने राजेश थारु र पार्बती थारुकी १६ बर्षीया छोरी स्नेहा थारुको हाइटेन्सनलाईनले हानेर शरिरका सबैजसो भाग जलेको थियो । उनको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।
बुटवलको कान्तिमाबिमा कक्षा ११ मा अध्यनरत थारुको दाँया हातबाहेक अन्य भाग जलेर कालो भएको छ । उनको उपचारमा रकम अभाव भएपछि परिवारजनले सरकारबाट क्षतिपूर्ति नपाएको र कतैबाट सहयोग नभएको गुनासो गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)