Logo बिहिवार, आश्विन १ गते २०८३
images

एम्स कलेजमा तनाव ब्यवस्थापन सेमिनार तथा तीज मिलन

एम्स कलेजमा तनाव ब्यवस्थापन सेमिनार तथा तीज मिलन

  • 2.4K
    SHARES

  • एम्स कलेजमा तनाव ब्यवस्थापन सेमिनार तथा तीज मिलन

    बुटवल, भदौ १२ ।

    एम्स कलेज, बुटवलले तनाव ब्यवस्थान सम्बन्धी सेमिनार तथा तिजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

    कार्यक्रममा प्रमुख श्रोत ब्यक्ती नशा एवम मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका साथमा मानव जिवनको विभिन्न कालाखन्डमा आउने तनावका बहुपक्षिय विषयहरुमाथी प्रष्ट पार्दै सहभागिहरुले राखेका ब्यबहारिक जिज्ञासाहरुलाई सामाधान गर्नु भएको थियो ।

    प्राध्यापक सुरज शाक्यको सन्चालन र विकाश श्रेष्ठको स्वागत मन्तब्यमा भएको कार्क्रममा कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता र कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता  रहेको थियो । कार्यक्रमा बोल्नुहुँदै ढकालले तनाव ब्यबस्थापान स्वाथ्य जिवनकालागी हरेक ब्यक्तिको निम्ती अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने कुरा जानकारी गराउनु भयो । 
    कार्यक्रमको अर्को शत्रमा काउन्सिल अफ एम्स स्टुडेण्टसले विद्यार्थी एवम कर्मचारिहरुलाई सहभागी गराई तिजको सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियो भने अहिलेका चर्चित गायककार श्रीधर अधिकारिले तिजका विभिन्न गित संगीत प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रम फर्साटिकरमा सम्पन्न भएको क्याम्पस प्रमुख दीपक ढकालले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology