Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना

बसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना

  • 1.4K
    SHARES

  • बसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना

    बुटवल, भदौ १२ ।

    रुपन्देहीमा वसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना भएको छ ।  स्वर्गीय पोखरेलको भदौं १२ गते १३ औं दिनको पुण्यतिथिमा  पुरस्कार समन्वयका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंको संयोजकत्वमा महासंघ रुपन्देहीका अर्का पूर्व अध्यक्ष विनोद पहाडी सचिव रहनेगरी एक प्रेस विज्ञप्ती जारी गरी उक्त निर्णय गरिएको हो । त्यस्तैगरी महासंघ रुपन्देहीका वर्तमान अध्यक्ष रामराज पोखरेल, पूर्व उपाध्यक्ष माधव नेपाल , वुटवल टुडे राष्ट्रिय दैनिकका प्रवन्ध सम्पादक नवराज कुँवर, प्रेस सेन्टर नेपाल लृम्बिनी प्रदेश अध्यक्ष मानसिं विक र छोरी सुनगाभा पोखरेल सदस्य रहनेगरी पुरस्कार समन्वय समिति गठन भएको छ । 

    पुरस्कारका लागि नेपाल पत्रकार महासंघ रुपन्देही र अन्य सञ्चार संस्थासँग समन्वय गरी यसको विकास र प्रवद्र्धन गरिनेछ । परिवारजन र अन्य शुभेच्छुक साथीहरुको पहलमा प्रारम्भमा कम्तीमा एकलाख राशीको अक्षयकोष स्थापना गरिने गरी सो कोषबाट प्रत्येक वर्ष एक जना उत्कृष्ट श्रमजीवी पत्रकारलाई पुरस्कार प्रदान गरिने विज्ञप्तीमा जनाईएको छ।  

    वुटवललाई कार्यथलो बनाई निर्भिक रुपमा जीवनभर अनवरत कलम चलाउनु भएका श्रमजीवी पत्रकार वसन्त पोखरेलको २०७९ साउन ३१ गते निधन भएको छ ।  

    उहाँले जीवन पर्यन्त पत्रकारिता क्षेत्रमा दिनु भएको योगदानलाई चिरस्मरण गर्दै उहाँको नाममा वसन्त पोखरेल श्रमजीवी पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । 

    basn.jpg


     
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology