Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा माथागढीमा छोराले गरे बुवाको हत्या

पाल्पा माथागढीमा छोराले गरे बुवाको हत्या

  • 1.7K
    SHARES

  • पाल्पा माथागढीमा छोराले गरे बुवाको हत्या

    बुटवल,भदौ १२ ।

    पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

    पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

    घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र १२ २०७९१२:०४:१४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology