Logo बिहिवार, आश्विन १ गते २०८३
images

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपाङ्ग आश्रममा सहयोग तथा तीज मिलन

लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपाङ्ग आश्रममा सहयोग तथा तीज मिलन

  • 1.4K
    SHARES

  • लोक दोहोरी प्रतिष्ठान रुपन्देहीद्वारा अपाङ्ग आश्रममा सहयोग तथा तीज मिलन

    बुटवल,भदाै १२ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले शनिबार बुटवल–१३ स्थित नेपाल अपा· आश्रममा सहयोग गर्नुका साथै आश्रममा आश्रीतहरुलाई तीजको दर खुवाएको छ ।

    प्रतिष्ठान रुपन्देहीका संरक्षक तथा केन्द्रिय पुर्व सल्लाहकार एवं बुटवल उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष खेम हमालले गमलामा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि हमालले प्रतिष्ठान रुपन्देहीले हरेक वर्ष यस्तै रचनात्मक तथा सामाजिक उत्तरदायित्व अनर्तगतका कार्यहरु गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा विशिष्ठ अतिथि प्रतिष्ठानका केन्द्रिय सदस्य दीपक गरौजा र रुपन्देही जिल्ला उपाध्यक्ष रितु थापाले गीत मार्फत उपस्थित सबैलाई मनोरन्जन प्रदान गरेका थिए ।

    आयोजक संस्थाका अध्यक्ष दीपक कार्कीले कलाकारहरु कलाकर्ममा मात्रै नभएर सामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक सेवामा पनि अग्रसर हुनुपर्छ भन्ने उदेशयका साथ यस किसिमको कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए । सो अवसरमा प्रतिष्ठान रुपन्देहीले आश्रमका लागि नगद रु सात हजार पाँच सय रुपैया आर्थिक सहयोग समेत गरेको छ । आश्रमका अध्यक्ष डोलराम बिश्वकर्मालाई प्रतिष्ठानका अध्यक्ष कार्की र कोषाध्यक्ष सन्जय सौगातले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा प्रतिष्ठानकी केन्द्रीय सदस्य सीता राना, लुम्बिनी प्रदेशका सल्लाहकार टंक गैरे, रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सी, नारायण रायमाझी, प्रतिष्ठान लुम्बिनी प्रदेशका बरिष्ठउ पाध्यक्ष नारायण थापा, सह सचिव दामोदर बस्याल, आजीवन सदस्य जे.बि. क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

    सोही कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका सल्लाहकार समुन्द्र जि.सीले आश्रमका लागि मादल सौजन्य गर्नै घोषणा समेत गरेका थिए । कार्यक्रम प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दीपक कार्कीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष विजय सापकोटाको स्वागत र सह–सचिव विधान कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका पुर्व अध्यक्ष तथा निवर्तमान केन्द्रिय सदस्य चर्चित गायक बैकुण्ठ महतको विशेष सहयोग रहेको थियो ।

    3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology