Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आगामी निर्वाचनमा गठबन्धन झन् बलियो हुन्छ : प्रचण्ड

आगामी निर्वाचनमा गठबन्धन झन् बलियो हुन्छ : प्रचण्ड

  • 1.7K
    SHARES

  • आगामी निर्वाचनमा गठबन्धन झन् बलियो हुन्छ :  प्रचण्ड

    बुटवल,भदौ ११ ।  

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताउनुभएको छ।  

    स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उहाँको भनाइ छ।  पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो। 

    ‘‘गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोस्रो निर्वाचन प्रक्रिया (संविधानसभापछि) को सुरु गर्यो।  यसलाई ठूलो सफलता मान्नुहोला, गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको हो’’, दाहालले भन्नुभयो।  

    स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उहाँको भनाइ छ।  उहाँले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology