बुटवल,भदाै १०।
नेपाल महिला संघ बुटवल १३ ले बेलबासमा तीज मिलन तथा तथा सम्मान कार्यक्रम गरेको छ ।
महिला दिदीबहिनीको महान चार्ड हरितालिका तीजको अबसरमा आयोजित कार्यक्रममा स्थानीय तहमा निर्बाचित जनप्रतिनिधीलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो ।
नेपाल महिला संघ बुटवल १२ की अध्यक्ष डिला गाहाको अध्यक्षता तथा सचिव गिता आचार्यको संचालनमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा महिला संघ रूपन्देही अध्यक्ष गंगा शाहीले संस्कृतीको संरक्षण गर्दै तीज मनाउनुपर्र्ने बताउनुभयो ।
सो अबसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सबैले तीज मनाउने बाताबरण बनाउनुपर्ने भन्दै कसैको आखामा माइती सम्झेर आशु नझरोस् भन्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा कांग्रेस नेतृहरु बालकुमारी भण्डारी , नमकला बेल्वासे, जनप्रतिनिधि लालबहादुर गुरूङ,नगर उपसभापति हितमान पुन,बुटवल १३ का कांग्रेस वडा सभापति पुरूषोतम बस्याल,चन्द्रकला खनाल लगायतले बोलेका थिए ।कार्यक्रममा दिनभर नाचगान गरेर दिनिबहिनीहरुले रमाइलो गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)