बुटवल,भदाै १० ।
अज्ञात समुहको गोली प्रहारबाट कपिलवस्तुमा शुक्रबार दिउँसो एक जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार त्यसरी ज्यान जानेमा मायादेवी गाउँपालिका वडा नं ६ मदरहवा बस्ने ५५ बर्षीय राम समुज भन्ने घुरहु पासी रहेका छन् ।
पासीलाई मायादेवी गाउपालीका बडा नम्वर ५ महादेवा गाउँको एक खाली घरमा लगेर गोली हानी हत्या गरिएको छ । घटना भए लगतै कपिलवस्तु प्रहरी प्रमुख उपरिक्षक प्रेम बहादुर बस्नेत सहितको टोली पुगेर घटनामा संग्लनको खोजी कार्य जारी राखेको जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)