Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति नमुना माविमा अटिजमका बिद्यार्थीले पढ्न पाउने,४७  लाखमा बन्यो छुट्टै भवन

शान्ति नमुना माविमा अटिजमका बिद्यार्थीले पढ्न पाउने,४७  लाखमा बन्यो छुट्टै भवन

  • 2.7K
    SHARES

  • शान्ति नमुना माविमा अटिजमका बिद्यार्थीले पढ्न पाउने,४७  लाखमा बन्यो छुट्टै भवन

    बुटवल,भदौ १०  ।

    रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयले अटिजम भएकाहरुका लागि छुट्टै भवन बनाएर पठनपाठन शुरु गर्ने भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा रहेको बिद्यालयमा बिशेष शिक्षा अन्तर्गत अटिजम भएका बिद्यार्थीहरुको पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो । 

    ‘हामीले २ बर्ष लगाएर ६ कोठे सुविधा सम्पन्न भवन बनाएका हौं,यसमा लुम्बिनी प्रदेश सरकारको ४७  लाख र बिद्यालयको करिब ७ लाख लगानी भएको छ ।’ उहाले भन्नुभयो —‘अबको १महिनामै शुरु गर्छाै ,२ शिक्षक र १ सहयोगी तत्कालै आवश्यक छ ,सरकारले यसमा सहयोग गरेमा हामी ब्यबस्थापन गर्छाै । ’

    लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री  वसिउद्दीन खाँले अटिजम भवनको बुधबार शुभारम्भ गर्नुभयो । अटिजम  भएका बच्चाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार आबस्यक रहेको उहांको भनाइ छ ।

    मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि श्री शान्ति विद्यालयले चालेको कदम उचित रहेको र यसमा प्रदेश सरकारले सहयागे गर्ने बताउनुभयो । चाहिने स्रोत साधनमा सरकारले सहयोग गर्ने मन्त्री खांनको प्रतिबद्धता छ ।

    सो अबसरमा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो । यसका लागि नवजात शिशुको विकासक्रममा दुई–तीन वर्षदेखि नै हुने असामान्य अवस्थाहरुमा ध्यान दिनुपर्ने उहाको भनाइ छ ।

    पछिल्लो समय आमा बुबाको व्यस्तताले बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईलका कारण पनि बच्चामा अटिजम हुने गरेको देखिएको छ ।

    अटिजम केयर सोसाईटि लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताउनुहुन्छ । हेर्दा सामान्ने देखिने बच्चाहरु अरु बच्चा भन्दा फरक देखिने र  केहि समय बच्चाहरु संग घुलमिल गर्नेले मात्रथाहा पाउन सकिने  उहाको भनाइ छ ।

    शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम स्कुल संचालन गर्न लागेको र यसका लागि सबैको साथ रहनुपर्ने बताउनुभयो । उहांले त्यसका लागि  आबस्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानिय तह र  प्रदेश  सरकारसंग आग्रह गर्नुभयो ।

    atizam a.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology