Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीले भने -‘मैले राजीनामा दिनेवाला छैन’

प्रधानमन्त्री ओलीले भने -‘मैले राजीनामा दिनेवाला छैन’

  • 2.9K
    SHARES

  • प्रधानमन्त्री ओलीले भने -‘मैले राजीनामा दिनेवाला छैन’

    बुटवल, कार्तिक १९-  

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्थिरतामा आशंका नगर्न आग्रह गरेका छन् । व्यक्तिगत रहरभन्दा पनि देशको आवश्यकता र जनताको समर्थनका कारण आफू प्रधानमन्त्री निर्वाचित भएको उनले बताए । 

    बुधवार त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित एक भवनको उद्घाटन गर्दै ओलीले आफूले राजीनामा गरेर देशलाई वर्वादीतर्फ जान नदिने उल्लेख गरेका हुन् ।

    ‘म यस ठाउँमा आएको मेरो रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्‍याएको जालझेल र तिकडमबाट होइन व्यापक जनसमर्थनबाट हो । तपाईंहरू ढुक्क हुनुस्, सरकार यस्तो हुन्छ, कि फेरिन्छ कि, बदलिन्छ कि ? भनेर नसोच्नुस्,’ ओलीले भने । 

    पार्टीभित्र आफूलाई घेराबन्दीमा पारिएको समयमा ओलीको यस्तो अभिव्यक्ति आएको हो ।‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा गर्न हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई वर्वादीतर्फ जान दिनु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन,’ ओलीले भने । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology