Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोभिड–१९ : थप १ जनाको मृत्यु,६३४ जनामा सङ्क्रमण पुष्टि

कोभिड–१९ : थप १ जनाको मृत्यु,६३४ जनामा सङ्क्रमण पुष्टि

  • 1.3K
    SHARES

  • कोभिड–१९ :  थप १ जनाको मृत्यु,६३४ जनामा सङ्क्रमण पुष्टि

    बुटवल,भदौ ७ ।

    नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology