Logo बिहिवार, आश्विन १ गते २०८३
images

पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले भने- लोकतन्त्रको खम्बा प्रेस स्वतन्त्रता र मानव अधिकार हाे

पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले भने- लोकतन्त्रको खम्बा प्रेस स्वतन्त्रता र मानव अधिकार हाे

  • 2.2K
    SHARES

  • पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले भने- लोकतन्त्रको खम्बा प्रेस स्वतन्त्रता र मानव अधिकार हाे

    बुटवल,भदौ ४ ।

    लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले शान्तिपूर्ण आन्दोलनले सकारात्मक परिवर्तन गर्ने बताउनुभएको छ । उहांले विश्वमा भएका हिंसात्मक आन्दोलन भन्दा शान्तिपूर्ण आन्दोलनले बिजयी प्राप्त गर्ने गरेको भन्दै उहाले गान्धि,गौतमबुद्ध र शान्ति समाजका आन्दोलनहरु सधै शान्तिपूर्ण हुने उल्लेख गर्नुभयो । 

    मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २३ औ साधारणसभाको बुटवलमा उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालका राजनीतिक परिवर्तन साथै समाज रुपान्तरणमा मानव अधिकार तथा शान्ति समाजको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो ।

    अबको बाटो आवश्यकता र समाज हेरेर अघि बढ्नुपर्ने भन्दै उहाले शासकलाइ सहि बाटोमा हिडाउन शान्ति समाजले अभियान चलाइरहनुपर्ने उल्लेख गर्नुभयो ।उहाले भन्नुभयो–‘शाशकले बाटो देख्दैन,आन्दोलनले नया विचार र बाटोका सिर्जना गर्दछ,खबरदारी जारी राख्नु हामी त्यसलाइ सकारात्मक रुपमा लिन्छौं । ’

    उहांले लोकतन्त्रको खम्बाहरु प्रेस स्वतन्त्रता र मानव अधिकार भएको उल्लेख गर्नुभयो । अब संस्कृती र भाषाको माध्यमबाट समाजलाइ एक आपसमा जोड्नुपर्ने उहाको भनाइ छ ।

    सो अबसरमा सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताउनुभयो । कार्यक्रममा सल्लाहकार तथा केन्द्रिय निवर्तमान सभापति उत्तम पुडासैनीले पृथ्वी बचाउने अभियान सबैभन्दा महत्वपूर्ण रहने बताउनुभयो ।

    समाज रुपन्देहीका सभापति डिपि खनालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको सो कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य बिनोद पहाडी,लुम्बिनी प्रदेशका कानुन मस्यौदा समितिका सदस्य अधिबक्ता महेन्द्र पाण्डे,कांग्रेस रुपन्देही कोषाध्यक्ष हरि अर्याल,शशस्त्र प्रहरी बलका डिएसपी सुरज पाण्डे,नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, पत्रकार महासंघ ,रुपन्देही सभापति रामराज पोखरेल,शान्ति समाजका महासचिब रामकृष्ण बराल,बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्ण रावल,काठमाडौं शाखा सभापति भगवान पुडासैनी,बुटवल उद्योग बाणिज्य संघका सचिब मुक्ति अधिकारी,अधिकारकर्मी रिमा बिसी,रिता सेन ओली,समाजका जिल्ला सहसचिव कृष्ण पाण्डे, कोषाध्यक्ष धना खनाल लगायतले बोल्दै अभियानलाइ अझै शशक्त बनाएर अघि बढाउनुपर्ने बताए ।

     मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा भट्टराईsanti samaj team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology