Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

सन्तोषीमाता गुरुकुलमलाई रोटरीद्वारा डेस्क बेन्च सहयोग

सन्तोषीमाता गुरुकुलमलाई रोटरीद्वारा डेस्क बेन्च सहयोग

  • 1.3K
    SHARES

  • सन्तोषीमाता गुरुकुलमलाई रोटरीद्वारा डेस्क बेन्च सहयोग

    बुटवल,भदाै ३ ।

    रोटरी क्लव अफ बुटवलले निलकण्ठ बाबा धामका संचालित सन्तोषीमाता गुरुकुललाई डेस्क बेन्च हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच क्लवले धामलाई ८ थान डेस्क बेन्च हस्तान्तरण गरेको हो । यसका लागि रोयल ग्रुप बुटवलले सहयोग गरेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजू एवं क्लवका अध्यक्ष बोनिन पियाले निलकण्ठ बाबा धकमकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईलाई डेस्कबेन्च हस्तान्तरण गरेका थिए ।

    त्यस अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर इलेक्ट ध्वजूले धाममा अध्ययनरत बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेर सह्रानीय काम गरेको बताए । उनले रोटरीयनहरु समाजसेवाका लागि प्रतिवद्ध भएर लागिरहेको भन्दै यस्ता रचनात्मक र सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन क्लवलाई आग्रह गरे ।
    रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले धामका लागि डेस्क बेन्च सहयोग गर्न पाउँदा खुशी लागेको बताए । यहाँ अध्ययनरत बालबालिकाहरुले दुःख नपाउन भन्ने उद्देश्यले क्लवले डेस्क बेन्च हस्तान्तरण गरेको उनले बताए ।
    धामकी संरक्षक एवं अध्यक्ष देवमाया भट्टराईले कतैबाट सहयोग नभएको अवस्थामा रोटरी क्लवले गरेको सहयोग धामका लागि निकै ठूलो रहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरिन् ।

    धामका लागि राज्य वा सरकारी निकायबाट कुनै सहयोग नपाएको भन्दै उनले रोटरीले गरेको सहयोगले यहाँ अध्ययनरत बालबालिकाको शिक्षामा समेत ठूलो योगदान पुग्ने बताइन् ।

    कार्यक्रममा क्लवका पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डे, धामका प्राध्यापक माधव भट्टराई, रोयल ग्रुप बुटवलका कोषाध्यक्ष उमाशंकर माल्पानीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology