बुटवल,भदाै ३ ।
तिनाउ ईबो स्कुलमा श्री कृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्णाष्टमी विशेष कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा आयोजित श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रममा झण्डै १०० भन्दा बढी विद्यार्थीहरुले श्रीकृष्ण भगवानको स्वरुप धारण गरेका थिए । श्रीकृष्ण भगवानको स्वरुपमा उपस्थित विद्यार्थीहरु मध्ये कोही हातमा बासुरीसँगै छेउमा थुप्रै गोपिनीहरु सहितको नाटक पनि सँगै प्रस्तुत गरिएको थिए ।
विद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको प्रमुख आतित्थ्यता तथा प्राचार्य सीता पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले भगवान् कृष्णको झझल्को मेटाएको थियो । कार्यक्रमहरुको बीच–बीचमा विभिन्न खाले भगवान कृष्णसँग सम्बन्धित लोकभजन , तथा झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।
यसै अवसरमा बोल्दै विद्यालयकी प्राचार्य तथा कार्यक्रमकी सभापति सीता पाण्डेले भगवान श्रीकृष्णसँग सम्बन्धित विभिन्न जानकारी प्रदान गर्नुभएको थियो । साथै कृष्ण जन्मका विषयका रमाइला पक्षहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि यज्ञमूर्ति पाण्डेले कृष्णाष्टमी पर्वको महत्वका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका कविता थापाले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले हातले बनाएका भगवान श्रीकृष्ण सम्बन्धी आकर्षक चित्रहरू प्रदर्शन गरिएको थियो ।विविध प्रतियोगितामा प्रथम, द्घितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यज्ञमूर्ति पाण्डे र प्राचार्य सीता पाण्डेले टीका लगाएर पुरस्कार प्रदान गरेको विद्यालका कार्यक्रमका अतिथि तथा विद्यालयका सहप्रचार्य ईश्वरी प्रसाद पाण्डेले बताउनुभयो ।
शिक्षक र विद्यार्थीहरूको बाक्लो उपस्थिती रहेको कार्यक्रम विद्यालयको सिद्धबाबा हलमा भव्यताकासाथ सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)