Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बेलायतमा ४० वर्ष यताकै उच्च महंगी

बेलायतमा ४० वर्ष यताकै उच्च महंगी

  • 981
    SHARES

  • बेलायतमा ४० वर्ष यताकै उच्च महंगी

    लण्डन,भदाै ३ ।

    बेलायतमा मुद्रास्फीति दर सन् १९८२ यताकै उच्च १०.१ प्रतिशत हुन पुगेको छ । खाद्यान्न तथा इन्धनको मूल्य बढेपछि घरायसी खर्चमा वृद्धि भई उपभोक्ता मूल्य सूचांक सन् १९८२ यताकै उच्च हुन पुगेको बेलायतले जनाएको छ ।

    यस अघि जून महिनामा मुद्रास्फीति दर ९.४ प्रतिशत रहेको थियो । अर्थशास्त्री तथा विश्लेषकहरुले बेलायतको जुलाई महिनाको उपभोक्ता सूचांक ९.८ हुने प्रक्षेपण गरेका थिए ।

    ४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्गल्यान्डले ०.५ प्रतिशतले ब्याजदर बढाई औसत ब्याज दर १.७५ प्रतिशत कायम गरेको थियो ।

    घरायसी खर्चमा उल्लेख्य रुपमा वृद्धि हुँदा सन् २०२२ को अक्टोबर महिना सम्ममा मुद्रास्फीति १३.३ प्रतिशत हुने प्रक्षेपण केन्द्रीय बैंकले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology