बुटवल,भदाै २ ।
कोरियन ब्रान्डको राइस कुकर ‘कुकोको’ ले बजार बिस्तार गरेको छ । अबदेखि बुटवलमा पनि पाइने भएको हाे । एच वन ग्रुप अन्तर्गतको इनर्जी ट्री प्राइभेट लिमिटेडले कोरियन ब्रान्डको राइस कुकर कुकोको नेपालमा भित्राउन लागेको छ ।
देशव्यापी प्रचारको क्रममा विहीबार बुटवलमा आएको सो ग्रुपले सुरुवाती चरणमा बुटवलसहित देशका मुख्य शहर र पछि देशभर बजार विस्तार गर्ने योजना रहेको जनाएको हो । अहिले बजारमा पाइने राइस कुकर भन्दा कुकोको केही मंहगो भए पनि गुणस्तरीय र टिकाउ तथा सुरक्षाका दृष्टिकोणले धेरै सुरक्षति रहेको एच वन ग्रुपका अध्यक्ष जनक भुसाल बताउँछन् ।
स्वदेशी इन्धनको प्रयोग गर्न र आयातलाई प्रतिस्थापन गर्न सके ग्याँसको आयतमा कमि आउने र यसले राज्यलाई पनि फाइदा हुने भएर आफूहरुले यसलाई नेपालमा ल्याएको बताए । अध्यक्ष भुसालले बुटवल, मणिग्राम, सैनामैना, भैरहवा लगायतका स्थानमा यसको डिलर राख्न इच्छुकहरुले सम्पर्क गर्न समेत आग्रह गरे ।
यो राइस कुकर कुकोकोमा २३ वटा छुट्टा छुट्टै सेप्टी फिचर प्रयोग भएकाले अरु भन्दा यो धेरै सुरक्षित रहेको इनर्जी ट्री प्राइभेटका जर्नल म्यानेजर कोमलप्रसाद खनालले बताए ।
सामान्यतयास् यसमा खाना पकाउन १० मिनेट लाग्ने भए पनि हाइ प्रेसरमा ५ मिनेटमा नै खाना पाक्ने र खानका सबै परिकार पकाउन मिल्ने म्योनजर खनालले बताए । पकाएको खाना ४८ घण्टासम्म तातो नै रहने र कुकरलाई आफ्नो फोनमा स्टिम जडान गरी धेरै टाढाबाट राइस कुकर अन गर्न सकिने बताए ।
अहिले बजारमा आएका राइस कुकरहरु धेरै भेल्टेजका कारण आगलागी हुने समस्या र ओभर प्रेसरको कारणले पड्कने गरेको बताउँदै उनले यसमा प्रेसर कम गर्ने सेप्टी सेन्सर भएकाले सुरक्षित रहेको दाबी कम्पनीको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)