Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा पहिलाेपटक घिन्ताङ घिसिङ जात्रा प्रदर्शन

बुटवलमा पहिलाेपटक घिन्ताङ घिसिङ जात्रा प्रदर्शन

  • 1.8K
    SHARES

  • बुटवलमा पहिलाेपटक घिन्ताङ घिसिङ जात्रा प्रदर्शन

    बुटवल,भदाै २ ।

    घिन्ताङ घिसिङ जात्रा बुटवलमा प्रदर्शन गरिएको छ ।यस अघि काठमाडों उपत्यकामा मात्र सिमित रहेको घिन्ताङ घिसीङ जात्रा पहिलो पटक बिहिबार बुटवलमा प्रदर्शन गरिएको हो ।

    विश्वहिन्दु महासंघको भवनबाट सगुन लिएर पुरानो बटौलीको गणेश मन्दिर पुगेको घिन्ताङ घिसी टोलि गणश मन्दिरबाट नेवारी परम्पराका बिभिन्न नाचहरु प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो ।

    नेवारी परम्पराको बिभिन्न बजागाजा सहित घिन्ताङ घिसी नाच गणेशथान, दुर्गा मन्दिर गोलपार्क, जितगढी कालिका मन्दिर हुँदै अमरपथबाट पुनः गणश मन्दिर पुगेर समापन गरिएको थियो ।भक्तपुरबाट आएको कलाकार टोलिले माको प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच) तथा घ्यान्ताङ घिसी प्याखँ (लौरो जुधाएर नाचिने नाच) प्रदर्शन गरिएको नेपाल भाषा साहित्य तः मुज्या उपत्यका संयोजक राजबीर डंगोल बताए ।

    नेवाः सेवा समिति बुटवल १ र २ का सदस्य मदन श्रेष्ठले भक्तपुरबाट नेवाः कलाकारहरु आएर बुटवलमा नेवारी कला र संस्कृतिको पहिचान दिन सफल भएको बताए ।

    maobadi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology