Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

टीपी भुसाललाई ‘टान पत्रकारिता पुरस्कार-२०२२’ प्रदान

टीपी भुसाललाई ‘टान पत्रकारिता पुरस्कार-२०२२’ प्रदान

  • 1.2K
    SHARES

  • टीपी भुसाललाई ‘टान पत्रकारिता पुरस्कार-२०२२’ प्रदान

    काठमाडौं,भदाै २ ।

    पत्रकार टीपी भुसाल ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले भुसाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

    काठमाण्डौंमा आयोजित टानको ४२ औं,४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो ।

    नेपाली रेडियो नेटवर्क मार्फत भुसालले खासगरी कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर सम्वाद गर्दै आएका थिए ।

    नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता तथा विभिन्न कलेजमा प्राध्यापन समेत गर्दै आएका भुसालले नेपालको समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology