Logo बिहिवार, आश्विन १ गते २०८३
images

सात पुस्ताले माफि दिन नसक्ने गरि सरकारले भ्रष्ट्राचार गर्याे :सभापति भरतकुमार शाह

सात पुस्ताले माफि दिन नसक्ने गरि सरकारले भ्रष्ट्राचार गर्याे :सभापति भरतकुमार शाह

  • 3.8K
    SHARES

  • सात पुस्ताले माफि दिन नसक्ने गरि सरकारले भ्रष्ट्राचार गर्याे :सभापति भरतकुमार शाह

    बुटवल, कार्तिक १८-

    सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले वर्तमान कम्युनिष्ट सरकार भ्रष्ट्राचार काण्डले नांगिएको बताउनुभएको छ ।

    सात पुस्ताले माफि दिन नसक्ने गरि वर्तमान नेकपा सरकारले भ्रष्ट्राचार गरेको उहाले बताउँदै सार्वजनिक लेखा समितिले कारबाहीको लागि छानविन गरिहेको जानकारी दिनुभयो ।

    रुपन्देहीको सैनामैना ५ मा नेपाली कांग्रेसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले कोरोना भाईरसको उपचारको लागि चाहिले औषधी खरिदमा समेत वर्तमान सरकारले भ्रष्टाचार गरेर आफैं उदाङ्गिएको आरोप लगाउँनुभयो । वर्तमान सरकारका मन्त्री कै रोहबरमा देशमा भ्रष्ट्रचार मौंलाएको दाबी गर्नुभयो ।


    कांग्रेसको अबको मुद्धा रोजगारिमा केन्द्रीत बन्ने शाहले बताउँदै देशमा रोजगारि सिर्जना गर्न सके मात्र समृद्धि बन्ने दाबी गर्नुभयो ।  नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले वर्तमान सरकारको काम देखेर जनतामा निराशा छाएको बताउँनुभयो ।

    नेकपाको दुई तिहाईको सरकारले समृद्धको समना देखाएर जनतालाई गरिबीमा धकेलेको आरोप लगाउनुभयो ।

    १ सय ८५ जना नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश :

    काग्रेस नेता विष्णु प्रसाद पोखरेलले जनतालाई साथ दिने पार्टि कांग्रेस भएकाले देशभरमा कांग्र्रेस प्रवेश गर्नेको लहर चलेको बताउनुभयो ।

     नेपाली कांग्रेस सैनामैना नगरसमितिका सभापति राम प्रसाद अधिकारीले मंगलबार सैनामैना ५ बाट १ सय ८५ जना नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology