बुटवल,भदाै १ ।
गुल्मीको तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको छ ।
सोमबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्नै समस्या भएको भन्दै ‘आर्थिक संकटापन्न अवस्था’ घोषणा गरेको छ ।
कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए ।
अहिले क्याम्पस चरम आर्थिक संकटमा परेकोले समुदाय, सरोकारवाला निकायलाई जानकारी दिनको लागि केही गर्नुपर्छ भनेर ६ महिनाका लागि संकटापन्न घोषणा गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले नागरिक अनलाइनलाई बताए । क्याम्पसलाई समस्यामुक्त गर्नको लागि विभिन्न उपाय लगाउने उनको भनाइ छ । अहिले क्याम्पसको समस्या समाधान गर्नको लागि तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
क्याम्पस बिस २०३९ सालमा स्थापना भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)