Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलस्थित स्याङजा कारीकोटे होटलको कोठा न.१३४ मा महिला-पुरुष मृत फेला !

बुटवलस्थित स्याङजा कारीकोटे होटलको कोठा न.१३४ मा महिला-पुरुष मृत फेला !

  • 3.8K
    SHARES

  • बुटवलस्थित स्याङजा कारीकोटे होटलको कोठा न.१३४ मा महिला-पुरुष मृत फेला !

    बुटवल,साउन ३० ।

    बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५-३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी हराइरहेकी भनिएकी पुष्पा हाे की भन्ने प्रहरीले अनुमान गरेको छ ।

    बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताए ।

    मृतक महिलाको थर र घरको पूरा ठेगाना भने खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक-डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ ।

    दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान भैरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology