Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा पश्चिम पहुँनी माबिलाई बिज्ञान प्रयोगशाला हस्तान्तरण

रोटरी क्लव अफ बुटवल चौतारीद्वारा पश्चिम पहुँनी माबिलाई बिज्ञान प्रयोगशाला हस्तान्तरण

  • 2.0K
    SHARES

  • रोटरी क्लव अफ बुटवल चौतारीद्वारा  पश्चिम पहुँनी माबिलाई बिज्ञान प्रयोगशाला हस्तान्तरण

    बुटवल,साउन ३० ।

    रोटरी क्लव अफ बुटवल चौतारीले बिज्ञान प्रयोगशाला विद्यालयलाई हस्तान्तरण गरेको हो।

    रोटरी क्लव अफ बुटवल चौतारी बर्ष २०२१-०२२ को डिस्ट्रिक ग्रेयाण्टस् प्रोजेक्ट अन्तरर्गत तिलोत्तमा ६ मा रहेको पश्चिम पँहुनी माध्यमिक बिद्यालयमा  बिज्ञान प्रयोगशाला विद्यालयलाई हस्तान्तरण गरेको रोटरी क्लव अफ बुटवल चौतारी बर्ष २०२१-०२२का अध्यक्ष सुरज क्षेत्रीले नागरिक अनलाइनलाई बताए ।  उनले आफुहरुले बिद्यार्थीको भविश्यलाइ उज्वल बनाउन आफुहरु लागिरहेको बताए ।

    २ लाख ५० हजारकाे लागतमा साे विद्यालयमा बिज्ञान प्रयोगशाला बनाएर आज एक समाराेहका बिच विद्यालयलाई हस्तान्तरण गरेको हाे । 

    क्लवका अध्यक्ष सन्ताेष केसीले क्लव र बिद्यालयका बिच लामो समय सम्बन्ध कायम हुने हातोमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

    सो अबसरमा राेटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का डिजिइ राजेन्द्र ध्वजूले राेटरी अभियानले  बिद्यार्थीको हौसला र शैक्षिक गुणस्तर बढाउने बताए । उनले बिद्यार्थीको हौसला बढाउनु सबैको दायित्व सबैको भएको समेत बताए ।

    सो अबसरमा  बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुमबहादुर थापाले बिद्यालयलाइ रोटरीले गरेको माया सदैब रहने बिश्वास ब्यक्त गरे । 

    कार्यक्रममा वडाअध्यक्ष गणेश पाठक ,बिद्यालयका प्राचार्य दुर्गानारायण श्रेष्ठ,प्रेसिडेन्ट इलेक्ट दिनेशमणी सुबेदी,चियर सुदीप थापा,प्रेसिडेन्ट नाेमिनी लक्ष्मण सुबेदी,पीपी थानेश्वर पाण्डे लगायतले बाेलेका थिए । क्लवले यसअघि बृक्षारोपण,रक्तदान लगायतका सामाजिक काम गर्दै आइरहेको छ ।

    lab.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology