Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पाल्पाको दमकडा माविका दृष्टिबिहिन बालबालिकाहरूलाई भोजन दान 

पाल्पाको दमकडा माविका दृष्टिबिहिन बालबालिकाहरूलाई भोजन दान 

  • 1.2K
    SHARES

  • पाल्पाको दमकडा माविका दृष्टिबिहिन बालबालिकाहरूलाई भोजन दान 

    बुटवल, साउन ३० ।

    नारायण युवा क्लव तानसेनले दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहिन बालबालिकाहरुलाई भोजन दान कार्यक्रम गरेको छ । 

    आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा  क्लवले    दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन गराएको हो । संस्थाका अध्यक्ष किशोर बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  ,नारायण युवा क्लवका संस्थापक  अध्यक्ष एवम् नेपाली काङ्ग्रेश पाल्पाका अध्यक्ष हिमालदत्त श्रेष्ठको   प्रमुख   आतिथ्यता रहेको थियो ।

    तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश कुमार अर्याल, तानसेन नगरपालिका वोडा नं २ का पूर्व अध्यक्ष, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण तिमिल्सिना  लगायत ६० जनाको सहभागितामा कार्यक्रम सम्पन्न  भएको थियो ।
    दृष्टिबिहिन बालबालिकाहरूको उज्वल भविष्यको कामना गर्दै नारायण युवा क्लवका संस्थापक  अध्यक्ष एवम् नेपाली कांग्रेस पाल्पाका अध्यक्ष हिमालदत्त श्रेष्ठले आगामि दिनमा बालबालिकाको चौतर्फि विकासका लागि विद्यालयलाई आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  यस्तै पाल्पाको तानसेन नगरपालिका वाड नं ९ स्थित दम्कडा माध्यमिक विद्यालयमा शनिबार बहुउपयोगी शैक्षिक सामग्रि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    मेचि महाकाली बुहारी संयुक्त आवाज संस्थाको आयोजना र यार्डली सोहिहुल नेपाली परिवारको आर्थिक सहयोगमा  बहुउपयोगी शैक्षिक सामाग्रि सोही विद्यालयका ३० जना दृष्टिबिहिन विद्यार्थीहरु लाभान्वित हुने गरी वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजेश कुमार अर्यालले दम्कडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्वन्धि अपाङ्गता भएका बालबालिकाहरूलाई  अन्तराष्ट्रिय स्तरको गुणस्तरीय एवम् प्रविधिमैत्रि शिक्षा दिने योजनामा यो कार्यक्रमले एउटा इटा थपेको बताउनुभयो । साथै वहाँले आगामी दिनमा यस्तै विभिन्न संस्थाहरूले सहयोग र सहकार्य गरेमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
    त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानध्यापक मोहन प्रसाद सापकोटाले आजको प्रविधिको युगमा सुचना र प्रविधिका क्षेत्रमा विकसित विभिन्न अत्याधुनिक उपकरणहरूको प्रयोगबाट दृष्टिबिहिन बालबालिकाहरूलाई उच्च स्तरको शिक्षा दिइ सक्षम र प्रतिस्पर्धि नागरिकका रूपमा तयार पार्ने योजना खुलस्त पार्नु भयो ।received_1171721380057490.jpeg

    मेचि महाकाली बुहारी संयुक्त आवाजकी प्रमुख शान्ता सोमाइको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक एवम् विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बालकृष्ण तिमिल्सिना लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा  २ लाख पाँच हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

    चालिस जनाको उपस्थितीमा सम्पन्न कार्यक्रममा ब्रेल नोट टेकर, ब्रेल डिस्प्ले लगायतका शैक्षिक सामाग्री यार्डली सोहिहुल नेपाली परिवार संस्थाका प्रमुख प्रेमलाल घिमिरेले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology