Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रुपन्देहीको ओमसतियामा अज्ञात समूहद्वारा गोली प्रहार,युवक गम्भीर घाईते

रुपन्देहीको ओमसतियामा अज्ञात समूहद्वारा गोली प्रहार,युवक गम्भीर घाईते

  • 2.1K
    SHARES

  • रुपन्देहीको ओमसतियामा अज्ञात समूहद्वारा गोली प्रहार,युवक गम्भीर घाईते

    बुटवल,साउन ३० ।

    रुपन्देहीको ओमसतियामा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक गम्भीर घाईते भएका छन् ।  सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।

    रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको थियो । लुटेराहरुले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ ।

    प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाईकलमा भाग्दै गरेका तीन जना लुटेराहरुको समूहलाई पछ्याउँदै गएर ओभरट्याक गर्दा आफुमाथि गोली प्रहार भएको बयान दिनुभएको छ ।

    बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ । उहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताउनुभयो । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, श्रावण ३० २०७९०७:२०:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology