बुटवल,साउन २९ ।
गुणस्तरिय शिक्षााका लागि तिनै वटा तहका विचमा सहकार्य जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले शिक्षाको सुधारका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका विचमा सहकार्य जरुरी भएको कुरा औल्याइएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई नेपाल) र शिक्षा पत्रकार समुहको संयुक्त आयोजानमा बुटवलमा भएको‘गुणस्तरिय सिकाईका लागि सार्वजजनिक शिक्षामा रुपान्तरण प्रदेश स्तरियक छलफल कार्यक्रममा’ बोल्दै लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापती विष्णु पन्थीले शिक्षा सबैको लागि अनिवार्य संविधान तह व्यवस्था गरिएको भए पनि सोही अनुसारको पुर्वाधार, जनशक्ति विकास लगायतका कार्यहरु पुरा नहुँदा अधुरो रहेको बताएका हुन ।
उनले शिक्षाको आमुल परिर्वतनको लागि तथा सबैका लागि शिक्षा को अभियानलाई सार्थक बनाउनको लागि संघीय संरचनाका तिन वटा तह का विचमा सहकार्य जरुरी रहेको बताएका हुन ।
उनले माध्यमिक तह सम्मको शिक्षा व्यवस्थापनको जिम्म पछिल्लो समयमा स्थानीय तहको जिम्मेबारीमा आएको जानकारी दिदै स्थानीय तह अझ बढि जिम्मेबारी हुनुपर्ने र प्रदेश सरकार संघीय निकायले समेत आ आफ्नो जिम्मेबारी पूर्णरुपमा पुरा गरेमा शिक्षाको विकासका फ्ड्को मार्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै उनले भने–‘शिक्षा सुधारका लागि एकल प्रयासबाट संभव छैन, यसको लागि साझा पहल, दायित्व निर्वाह सबैले गर्न आवश्यक रहेको छ । ’
कार्यक्रममा शिक्षा विद् प्रा.डा. विद्यानाथ कोईरालाले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने शिक्षा सुधारका विभिन्न पाटाहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । उनले शिक्षामा सुधारका लागि ठुला ठुला परिर्वतन भन्दा पनि स सानो प्राविधिक दक्षता सहितको परिर्वतन आवश्यक रहेको भन्दै यसा ध्यान दिनको लागि स्थानीय तह का प्रमुख तथा प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय वाहिरका वालवालिकाहरुलाई विद्यालय शिक्षामा ल्याउनकोलागि नगरपालिकामै ठुलो कसरत गर्नुपरेको बताए ।उनले विद्यार्थीको लागि आधारभुत आवश्यकता परिपुर्ती गरिदिँदा समेत उनीहरु विद्यालयमा आउन नसक्नु खोजको विषय भएको भन्दै नगरपालिका सबै तहका तरिका अपनाएर विद्यालयमामा विद्यार्थी ल्याउनको कुनै कसर बाँकी नराख्ने समेत बताए ।
कार्यक्रममा शिवराज नगरपालिका प्रमुख अजय थापा, कपिलबस्तु नगरपालिका प्रमुख सुदीप पौडेल, लुम्बिनी सास्कृतिक नगरपालिका उप प्रमुख कल्पना हरिजन, बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरी लगायतका स्थानीय तहका पदाधिकारीहरुको सहभागीता थियो ।
कार्यक्रममा शिक्षा लागि राष्ट्रिय अभियानका कार्यालय प्रमुख राम गैरेले विद्यामान शैक्षिक अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाहाडीले शिक्षा अभियानको विषमा प्रकाश पारेका थिए । अभियानका केन्द्रीय सदस्य संहिता मल्ल ठकुरी, लुम्बिनी प्रदेश प्रमुख हरि अधिकारी ले आफ्नो भनाई राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)