Logo बिहिवार, आश्विन १ गते २०८३
images

न्यू होराइजनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागतसंगै अभिमुखीकरण

न्यू होराइजनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागतसंगै अभिमुखीकरण

  • 2.7K
    SHARES

  • न्यू होराइजनद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागतसंगै अभिमुखीकरण

    बुटवल,साउन २९ ।
    बुटवलस्थित न्यू होराइजन माध्यामिक विद्यालयले आइतबार कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । कार्यक्रममा शैक्षिक अभिमुखीकरण गर्दै विद्याथीलाई ‘वेलकम’ गरेको हो । कार्यक्रममा वरिष्ठ ‘मोटिभेरट’ डा.ताराप्रसाद गिरीले विद्यार्थीलाई जीवन जिउने कला, सीप र अध्ययन क्षमतावृद्धिका विषयमा सहजीकरण गरेका थिए ।

    विद्यार्थीको अध्ययन तथा सिकाइका लागि शिक्षक, अभिभावकसँगै शैक्षिक संस्थाको वातावरण पनि उत्तम हुनुपर्ने उल्लेख गर्दै डा। गिरीले नम्बरका आधारमा विषय छनौट तथा अध्ययन गर्नुभन्दा पनि लगन र मेहनेत गरे जस्तासुकै उपलब्धीहरू हात पार्न सकिने बताए । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावकले विद्यार्थीलाई आफ्नो रुचिको विषय पढ्न पाउने गरी सहजीकरण गरिदिनुपर्ने बताए ।

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचन अध्ययनसँगै जीवनमा खेलकूलमा पनि विद्यार्थी रुचि हुनुपर्ने बताए । विद्यालयका उपप्राचार्य राजीव श्रेष्ठले प्राध्यापकहरूको परिचय सहित संवोधन गरेका थिए ।

    कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय अध्यक्षता, उपप्राचार्य बासुदेव अर्यालको स्वागत तथा व्यवस्थापन संकायका संयोजक प्रकाश खनाल र सामाजिक विषयका संयोजक प्रकाश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा बसन्त श्रेष्ठ सहितको टीमले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    tara.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology